धनुषाका १८ वटै पालिकाका प्रमुखद्वारा एकै पटक शपथ ग्रहण

जनकपुरधाम । धनुषाका १८ वटै पालिकाका प्रमुखहरुले एकै पटक शपथ ग्रहण गरेका छन् ।

जनकपुरधाममा मंगलबार आयोजित एक समारोहकाबीच सबै पालिका प्रमुखले सामूहिक रुपमै शपथ ग्रहण गरेका हुन् । जिल्लाका १ उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका प्रमुखले शपथ ग्रहण गरे ।

सबै पालिका प्रमुखलाई मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले शपथ ग्रहण गराएका छन् ।

उक्त समारोहलाई सम्बोधन गर्दै मुख्य निर्वाचन अधिकृत प्याकुरेलले राजनीतिक नेतृत्वभन्दा माथि उठेर सबैलाई समान व्यबहार गर्न पालिका प्रमुखसँग आग्रह गरे ।

जनताको अपेक्षालाई पूरा गर्ने जिम्मेबारी पालिका प्रमुखसहित जनप्रतिनिधीको भएको भन्दै उनले चुनाव लडदा गरिएको भन्दा बढी परिश्रम अब गर्नुपर्ने समय आएको बताए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले चुनाव अघिसम्म बिभिन्न दलबीच प्रतिस्पर्धा भएपनि अब सबैको जनप्रतिनिधी बनेकाले सोही अनुसारको यबहार गर्नुपर्ने बताए ।

उनले भोट हाल्नेको पनि नहाल्नेको पनि प्रतिनिधित्व गर्दै शिक्षा, स्वास्थ्यलाई मजबुत बनाउन आग्रह गरे ।

१०,जेष्ठ.२०७९,मंगलवार १६:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्