
काठमाडौं । ३० वैशाखको स्थानीय तह चुनावमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्दै नेपाली कांग्रेसको तनहुँ-५ को वडासमितिले केन्द्रीय सदस्यसहित ५ जनालाई कारबाही गर्न माग
गरेको छ ।
वडा समितिले केन्द्रीय सदस्य ध्रुव वाग्ले, महाअधिवेशन प्रतिनिधि एवम व्यास – ५ का निर्वतमान वडाअध्यक्ष मोहनकुमार श्रेष्ठलगायत ५ जनालाई कारबाहीको माग गर्दै नगर समितिमा ज्ञापन पत्र बुझाएको छ ।
व्यास नगरपालिकाको मेयर, उपमेयर र व्यास-५ को वडाअध्यक्षमा उठेका पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको र विपक्ष उम्मेदवारको पक्षमा भोट मागेको आरोप लगाइएको छ ।
व्यास-५ को वडाअध्यक्षमा कांग्रेसका उम्मेदवार यज्ञप्रसाद खनाललाइ पराजय गर्दै नेकपा एमालेका विष्णकुमार श्रेष्ठ बिजयी भएका थिए । अघिल्लो पटक कांग्रेसले जितेको यो वडाबाट यसपटक मेयर उपमेयर र वडाध्यक्षलाई न्युन मत आएको थियो ।
प्रतिक्रिया दिनुहोस्