१२ कक्षाको परीक्षा समय परिवर्तन, बिहान ८ बजेदेखि हुने

काठमाडौं । जेठ १६ गतेदेखि हुने १२ कक्षाको परीक्षा समय परिवर्तन भएको छ । यसअघि ११ बजेदेखि तोकिएको परीक्षा समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि तोकिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गरी परिक्षा समय परिवर्तन भएको जनाएको हो ।

विभिन्न सरोकारवाला निकायको परामर्शका आधारमा परीक्षा समय परिवर्तन गरिएको बोर्डले जनाएको छ ।

१२,जेष्ठ.२०७९,बिहीबार ०९:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्