काठमाडौंको गुह्यश्वरी खोलामा पुरुषको शव भेटियो

काठमाडौं । गुह्यश्वरी खोला किनारमा एउटा शव भेटिएको छ ।

काठमाडौंको नयाँवस्तीस्थित गुह्यश्वरी खोला किनारमा एक युवको शव भेटिएको काँडाघारी प्रहरीले जनाएको छ । शव घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।

शव खोलाले बगाएको हुनसक्ने प्रहरीको आशंका छ तर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

१२,जेष्ठ.२०७९,बिहीबार ११:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्