प्युठानमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

प्युठान । प्युठानको प्युठान नगरपालिका–१ बेलुवामा हिजो साँझ साईकल पल्टिदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–२ जुम्रीका ५० वर्षीय गोपाल शाह रहेका छन् ।

चेरनेटाबाट जुम्रीतर्फ आउँदै गरेको साइकल हिजो साँझ सवा ६ बजे अनियन्त्रित भइ पल्टिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका शाहको उपचारका क्रममा गएराती साढे १ बजे भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्स अस्पतालमा मृत्यु भएको प्रहरी बिट क्वाडी प्युठानले जनाएको छ ।

१२,जेष्ठ.२०७९,बिहीबार ११:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्