अटोमेटिक पेस्तोलसहित बालकुमारीबाट दुईजना पक्राउ

काठमाडौं । ललितपुरको बालकुमारीबाट अटोमेटिक पेस्तोलसहित दुईजना पक्राउ परेका छन् ।

केही बेरअघि मेड इन यूएसए लेखिएको अटोमेटिक पेस्तोल, २ राउण्ड गोली र २ थान म्यागेजिनसहित एक युवालाई पक्राउ गरिएको ललितपुर महानगरीय प्रहरी परिसरका एक अधिकारीले बताए ।

पक्राउ पर्नेहरूमा सर्लाहीका सुरेन्द्र थिङ र वीरबहादुर बम्जन रहेको प्रहरीले बताएको छ ।

उनीहरूबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

१२,जेष्ठ.२०७९,बिहीबार १४:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्