
काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नपाउने भनी आएको सर्बोच्च अदालतको फैसलाको नियतमाथि प्रश्न उठाएका छन् ।
अदालतको फैसलाबारे प्रतिक्रिया दिँदै ज्ञवालीले अदालतको फैसला दुर्भाग्यपूर्ण र विकासको सम्भावनामाथि आँच पुर्याउने कदम भनेका छन् । ज्ञवालीले फैसलाका प्रवृतिमाथि समेत प्रश्न उठाएका छन् ।
ज्ञवालीले भनेका छन्- निजगढमा अन्तरराष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी आज सर्वोच्च अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण छ । यसले कार्यकारीको क्षेत्राधिकार त अतिक्रमण त गरेको छ नै, नेपालको राष्ट्रिय सामर्थ्य र विकासको संभावनामाथि पनि आँच पुर् याएको छ ।
आखिर कसरी र कसको हितमा हुन्छन् यस्ता फैसला ?
सर्बोच्च अदालतको वृहत पूर्ण इजलासले विहीवार गरेको फैसलाले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धी अहिलेसम्मका सबै निर्णय तथा कामकारवाही बदर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्