आयल निगमको भलबारी डिपोमा लागेको आगो नियन्त्रणमा

रुपन्देही । नेपाल आयल निगमको रुपन्देही भलबारीस्थित डिपोमा लागेको आगो नियन्त्रणमा आएको छ । शुक्रबार पौने १२ बजेको समयमा तेल खनाउने क्रममा लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्रयाङ्करमा लागलागी भएको थियो ।

लागलागीबाट लु २ ख २६५६ नम्बरको ट्रयाङ्कर पूर्ण रुपमा क्षति र लु २ ख ५६८५ नम्बरको ट्रयाङ्करमा आंशिक रुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिएका छन् ।

१३,जेष्ठ.२०७९,शुक्रबार १४:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्