मन्त्री बडूको असंसदीय शब्द रेकर्डबाट हटाउने सहमतिपछि सदन चलाउन एमाले तयार

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले संसद बैठकका बोलेका असंसदीय भाषा संसदको रकेर्डबाट हटाउने सहमतिपछि प्रतिनिधिसभाको बैठक सहज रुपमा अघि बढेको छ ।

सभामुख अग्नि सापकोटाले एमालेको मागबमोजिम मन्त्रीले बोलेका शब्दहरुलाई रेकर्डबाट हटाउन रुलिङ गर्ने सहमतिपछि बैठक सञ्चालनमा सहमति भएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

एमालेको नियमापत्तीपछि सभामुखले १५ मिनेटलाई रोकेको बैठक लामो वार्ता र संवादपछि सहज रुपमा अघि बढ्ने भएको हो ।

१३,जेष्ठ.२०७९,शुक्रबार १५:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्