नेपाल खानेपानी संस्थान कर्मचारी संघको अधिबेशनमा केन्द्रिय कार्यालय बन्द गर्ने उर्दि

काठमाडौं । “काँहि नभएको जात्रा हाँडी गाउँमा” भन्ने उखानलाई मिल्नेका काम गरेका छन, नेपाल खानेपानी संस्थानका महाप्रबन्धक इश्वर प्रसादले । त्यसका किनाराका काक्षी भए खानेपानी मन्त्रालयका मन्त्री उमाकान्त चौधरी ।

नेपाल खानेपानी संस्थान कर्मचारी संघको अधिवेशनमा नेपाल खानेपानी संस्थानको केन्द्रिय कार्यालय बन्द भएको छ । बुधबार एउटा कुनै दल निकट युनियनको अधिबेशनमा कार्यालयनै बन्द गरेर महाप्रबन्धकसहित कर्मचारीहरु जानु संस्थानको इतिहासमा एउटा उदेक लाग्दो घटना भएको छ ।

यसै विषयमा एक कर्मचारीसँग प्रश्न गर्दा उनको जवाफ छ, “उक्त कर्मचारी युनियनको अधिबेशनमा मन्त्री आउने भएका कारण कार्यालय नै बन्द गरेर हामिहरु गएका हौं ।”

यस्ता नालायक कर्मचारीहरुको संयन्त्रबाट कसरी जनताले सहि सेवा सुविधा पाउने प्रश्न जटिल भएको छ । यस विषयमा सम्बन्धीत निकायको ध्यान गएर अधिकारप्राप्त अधिकारीहरुलाई पदको दुरुपयोग गरेका कारण कारवाहि हुन आवश्यक देखिएको छ ।

१३,जेष्ठ.२०७९,शुक्रबार १८:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्