केयूकेएल भक्तपुर शाखामा प्रमुख भएर जानेहरुको लिगलिगे दौड शुरु, सिइओलाई नेवार पठाउनु पर्ने दबाब

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) भक्तपुर शाखामा सुरेन्द्र हिमालय श्रेष्ठको अनिवार्य अबकाश पछि रिक्त हुन आएको ठाउँमा केयूकेएलका केहि इन्जिनियरहरुको दौडथुप शुरु भएको छ ।

उक्त शाखामा सातौ तहको इन्जिनियरलाई प्रमुख बनाउने परम्परा भएका कारण धेरै जनाले लालचा देखाएका हुन । यस शाखामा जान केहि भष्टाचारमा नाम कमाएका इन्जिनियरहरु पैसा खर्च गरेर भएपनि जाने भन्दै शक्ति केन्द्रमा धाउन थालेका छन ।

भक्तपुरको परम्परागत नेवारहरुको घना बस्ती भएको क्षेत्रमा यो शाखा पर्ने भएका कारण पनि नेवारी समुदायकै सक्षम व्यक्तीलाई प्रमुख बनाउनु पर्ने दवाव सिइओ मिलनकुमार शाक्यलाई छ ।

यस शाखामा ललितपुर शाखामा बसेर सेटिङमा अकुत धन आर्जन गर्दै आएका इन्जिनियर बिजय विक पनि शक्तिकेन्द्रमा धाउन थालेका छन । त्यसै गरि क्षेत्रपार्टी शाखाका मिरगेन्द्र श्रेष्ठलाई पठाउनु पर्ने दवाव पनि सिइओलाई दिन थालिएको छ ।

त्यसैगरि ललितपुर शाखाबाट पेलेरै सुन्दरी जल शाखामा गतसाल सरुवा भएकि मिना श्रेष्ठलाई भक्तपुर पठाउनु पर्ने भन्दै कर्मचारी युनियनहरुले लविङ सुरु गरेका छन । श्रेष्ठ दुई जीउकि भएका कारण पनि उनलाई सुन्दरीजलबाट सजिलो र पायक पर्ने ठाउँमा सरुवा गराउन सिइओ शाक्यलाई युनियनहरुका नेताहरुले दवाव दिएका हुन ।

सरुवामा ढिला सुस्ती गर्दै आएका शाक्यले केहि समय अगाडि केन्द्रिय कार्यालयका कर्मचारीहरुको कार्यविभाजन समेत मिलाउन नसकेका कारण कर्मचारीवीचमा असन्तुष्टी व्यापक चुलीएको छ ।

केन्द्रिय कार्यालयको संचालन विभागका दत्तको अवकाश भएको करिव एक वर्षसम्म कुनै प्राविधिकलाई जिम्मा नदिदा काममा ढिला सुस्ती हुने गरेको गुनासाहरु पनि केयुकेएलमा व्यापक सुन्न पाइन्छ ।

त्यसै गरि शाखा कार्यालयहरुमा बजेट विनियोजन गर्दा समेत सिइओले एकरुपता अपनाउन नसकेको आरोप लाग्दै आएको छ । बारावरी कार्यक्षेत्र भएका शाखाहरुमा भेदभावपूर्ण तरिकाले बजेट विनियोजन गरिएको भन्दै शाखाहरुमा व्यापक असन्तुष्टी बढेको देखिएको छ ।

मेलम्चीको पानी राजधानीमा आएपछि व्यापक रुपमा पाइपलाईन फुट्ने गरेको र सो को मर्मतमा पनि बजेटका कारण ढिलासुस्ती हुने गरेको सरोकारवालाहरुको गुनासो रहेको छ ।

१४,जेष्ठ.२०७९,शनिबार १३:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्