पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन

काठमाडौं । पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।

बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान सम्पर्कविहीन भएको र थप खबर आउन बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बिहान उडेको केहीबेरमै राडारको सञ्चार सम्पर्कबाट अफ देखाएको थियाे ।

१९ यात्रु बाेकेकाे जहाजका पाइलट प्रभाकर घिमिरे रहेकाे बुझिएकाे छ ।

१५,जेष्ठ.२०७९,आईतवार ११:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्