मन्त्री नै फेक न्यूज र फोटो भाइरल गर्दै, प्रचण्डपुत्रीले पनि दिइन् श्रद्धाञ्जली

काठमाडौं । पोखराबाट उडेको तारा एयरको विमान सम्पर्कविहीन बनेसँगै सबै देशवासीले चालकदल र यात्रुहरूको सकुशल अवतरणका लागि प्रार्थना गरिरहेका छन् । यति नै बेला सामाजिक सञ्जालमा भने फेक न्यूज र फोटो भाइरल बनाउने होड पनि चलिरहेको छ ।

अहिले तारा एयरको दुर्घटनाग्रस्त विमान भन्दै एउटा तस्बिर फेसबुकमा यत्रतत्र पोष्ट भइरहेको छ । धेरैले यो तस्बिर सेयर गरेका छन् । अरु त अरु, एकजना प्रदेशमन्त्रीले समेत यो तस्बिर सेयर गर्दै यात्रुहरूलाई श्रद्धाञ्जली दिन भ्याए । उनी हुन् वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल । उनले अत्यन्तै दु:खद खबर भन्दै तारा एयरको बिमान दुर्घटना हुँदा १९ यात्रु र ३ जना चालकदलका सदस्यको निधन भएको बताएका छन् ।

यस्तै माओवादी अध्यक्ष प्रचण्डकी पुत्री गंगा दाहालले समेत हतारमा श्रद्धाञ्जली दिएकी छन् । उनले पनि फेसबुकमा तारा एयरको जहाज पहाडमा ठोक्किएर दुर्घटना हुँदा सवार सबैको मृत्यु भएको भन्दै श्रद्धाञ्जली दिएकी हुन् । एकछिनपछि उनले उक्त पोष्ट हटाइन् ।

१५,जेष्ठ.२०७९,आईतवार १२:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्