वैदेशिक रोजगारीमा गएकाहरुलाई आईपीओमा १० प्रतिशत आरक्षण दिने घाेषणा

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएकाहरुलाई प्राथमिक धितोपत्र बजारमा १० प्रतिशत सेयर आरक्षित गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज आव २०७९/८० को बजेट प्रस्तुत गर्दै सो घोषणा गरेका हुन् ।

‘वैदेशिक रोजगारमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निस्काशनमा १० प्रतिशत सेयरको आरक्षण व्यवस्था गरेको छु’ अर्थमन्त्री शर्माले भने ।

शर्माले पूँजीबजारको विस्तार विविधिकरण गरी सम्भावित जोखिम न्यूनिकरण गर्दै आम लगानीको हक हित संरक्षण गरिने बताए । दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुल्ला गर्न कानूनी व्यवस्था मिलाइने पनि उनले बताए ।

१५,जेष्ठ.२०७९,आईतवार १८:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्