महेश बस्नेतको पत्थरीको अप्रेसन सम्पन्न

काठमाडौं । नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतको पत्थरीको अप्रेसन गरिएको छ ।

भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा बस्नेतको पित्तथैलीमा देखिएको पत्थरीको अप्रेसन गरिएको हो । बस्नेत आज बिहान अस्पताल भर्ना भएका थिए ।

शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको भन्दै बस्नेतले संलग्न सबैलाई धन्यवादसहित चिकित्सकको सल्लाहअनुसार भेटघाट गर्न नपाइने जानकारीसहित क्षमा मागेका छन् ।

१६,जेष्ठ.२०७९,सोमबार ११:२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्