कार्यपालिका र जिल्ला समन्वयमा पनि तालमेल गर्न गठबन्धनको निर्देशन

काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको आसन्न निर्वाचनमा पनि तालमेल यथावत् राख्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न गठबन्धन बैठकले स्थानीय निर्वाचनको समिक्षा गर्दै कार्यपालिका र जिल्ला समन्वयनको निर्वाचनमा पनि गठबन्धन दलहरुबीच सहकार्य जारी राख्ने निर्णय गरेको हो ।

ती निर्वाचन गठबन्धन दलहरुबीच तालमेल सार्थक बनाउन प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन दिने निर्णय समेत बैठकले गरेको छ ।

१६,जेष्ठ.२०७९,सोमबार १७:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्