कार्यपालिका चुनावमा अन्तर्घात गरेको भन्दै गाउँपालिका उपाध्यक्षसहित ६ कांग्रेस नेता कारवाहीमा

दाङ । दाङको बबई गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा पार्टीको उम्मेदवारलाई अन्तर्घात गरेर हराएको भन्दै नेपाली कांग्रेस बबईले आफ्नै पार्टीबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष बम कुमारी खड्कासहित ६ जनालाई कारबाहीको माग गर्दै जिल्ला पार्टी कार्यालयमा सिफारिस गरेको छ ।

गत जेठ १५ गते भएको बबई गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा पार्टी भित्र अन्तर्घात गरेको ठहर गर्दै बबई गाउँपालिका उपाध्यक्ष बम कुमारी खड्कासहित ६ जनालाई साधारण सदस्य नरहने गरी कारबाहीको माग गदै नेपाली कांग्रेस बबईले जिल्ला कार्यसमिति दाङमा सिफारिस पठाएको छ ।

कार्यपालिका सदस्यमा पराजित नेपाली कांग्रेसका उम्मेदवारले निर्वाचनमा उपाध्यक्ष र अन्य दुई जनाले रुखमा भोट नहाली सूर्य चिन्हमा भोट हालेको र अन्यले सूर्य चिन्हमा भोट हाल्न सहयोग गरेको भन्दै कारबाहीको मागसहित निवदेन पेश गरेकाले सोको प्रतिलिपिसहित जिल्ला कार्यसमितिमा सिफारिस गरेको हो ।

१७,जेष्ठ.२०७९,मंगलवार १८:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्