नेपालगन्जको धम्बोजीस्थित वीरेन्द्रचोकमा प्रहरी र स्थानीयबीच झडप

बाँके । नेपालगन्जको धम्बोजीस्थित वीरेन्द्रचोकमा प्रहरी र स्थानीयबीच झडप भएको छ । वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्र शाहको सालिक स्थापना गर्न खोज्दा स्थानीय र प्रहरीबीच भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले ४ राउन्ड हवाइ फायर गरेको छ ।

झडपमा एक दर्जनभन्दा बढी प्रहरी घाइते भएका छन् । अहिले थप सुरक्षाका लागि सशस्त्र प्रहरी पनि परिचालित भएको बाँकेका डिएसपी मधुसूदन न्यौपानेले जानकारी दिए ।

१९,जेष्ठ.२०७९,बिहीबार १०:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्