नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण अभ्यास खेलमा ओमानसँग पराजित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण अभ्यास खेलमा ओमानसँग पराजित भएको छ ।

कतारको सुहिम बिन हामद स्टेडियममा शुक्रबार राति भएको खेलमा नेपाल ओमानसँग २(० गोल अन्तरले पराजित भएको हो ।

ओमानको जितमा ओमार अल मलिकी र इशाम अल सुभीले एक एक गोल गरे । एएफसी एसियन कप छनोट अघि दोहामा तयारी गरिरहेको नेपालले तेस्रो अभ्यास खेलमा ओमानसँग खेलेको थियो ।

एसियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपाल अब कुवेत प्रतियोगिताका लागि कुवेत प्रस्थान गर्नेछ । समूहमा नेपालसँगै जोर्डन, इन्डोनेसिया र कुवेत छन् ।

२१,जेष्ठ.२०७९,शनिबार ०८:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्