अमेरिकाद्वारा प्रकाशित धार्मिक स्वतन्त्रता सम्बन्धी रिपोर्ट भारतले गर्‍याे अस्वीकार

काठमाडौं । विश्वभरमा धार्मिक स्वतन्त्रतालाई लिएर अमेरिकी विदेश मन्त्रालयले जारी गरेको ‘धार्मिक स्वतन्त्रता रिपोर्ट २०२१’ लाई भारतले अस्वीकार गरेको छ ।

अन्तर्राष्टिय सम्बन्धमा भोट बैंकको राजनति मिसिनु दुर्भाग्यपूर्ण रहेको भन्दै भारतले उक्त रिपोर्ट अस्वीकार गरेको हो ।

उक्त रिपोर्ट सार्वजनिक गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले भारत विश्वको सबै भन्दा ठुलो लोकतान्त्रिक देश भएको र यसमा कैयौ धर्मका मानिसहरु बसोबास गर्दै आएतापनि पछिल्लो समय लगातार पूजास्थल र अल्पसंख्यक समुदायमाथि हमला बढिरहेको बताएका थिए ।

जसमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिदम बागचीले अमेरिकी अधिकारीहरुले तथ्यहिन जानाकारीमा आधारित भएर रिपोर्ट तयार पारेको उत्तर दिएका थिए ।

भारतमा विविधतापूर्ण समाज रहेता पनि भारतले धार्मिक स्वतन्त्रता र मानव अधिकारको सदैव सम्मान गरेको यद्यपी अमेरिकामा भने बेला बेलामा नस्लिय हिसां र गोलीबारीको घटना सुनिरहने बागचीको भनाई छ ।

‘अमेरिकासँगको वार्तामा हामीले जातिय उत्प्रेरित आक्रमण, घृणित अपराध र बन्दुक हिंसासँग सम्बन्धित मुद्दाहरूको बारेमा निरन्तर चिन्ता व्यक्त गरेका छौं। भोट बैंकको राजनीतिबाट प्रेरित भनाई र विचारका आधारमा कुनै निष्कर्ष निकाल्नु हुँदैन । हामी यस रिपोर्टलाई स्पष्ट रूपमा अस्वीकार गर्दछौं।’उनले भने ।

२१,जेष्ठ.२०७९,शनिबार १२:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्