काठमाडौं । काठमाडौंको फर्पिङस्थित जंगलमा युवा-युवतीको शव भेटिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वसन्त कुँवरले घटनाबारे भर्खरै जानकारी आएको बताए ।
‘२०/२२ वर्षका युवायुवती मृत अवस्थामा भेटिएका छन् भन्ने खबर आएको छ’, एसएसपी कुँवरले भने । घटनास्थलमा एउटा बट्टा पनि भेटिएकाले विष सेवन गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
चेकप्वाइन्टबाट एक किलोमिटर माथि ताखेल जाने बाटोको जंगलमा शव भेटिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्