जिसस सुर्खेतका लागि एमाले-माओवादी गठबन्धनबाट मनोनयन दर्ता

सुर्खेत । जिल्ला समन्वय समिति सुर्खेतको २७ गते हुने चुनावका लागि नेकपा एमाले-माओवादी गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

प्रमुख उपप्रमुखसहित ९ वटै पदमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा केही बेरअघि मनोनयन दर्ता गरिएको हो ।

प्रमुखमा एमालेका गंगाराम सुनार, उपप्रमुखमा माओवादीका सचिनकुमार बडुवालले उम्मेदवारी दर्ता गराएका हुन ।

यस्तै, सदस्यमा एमालेका डिल्लीप्रसाद पाण्डे, पृथ्वीबहादुर बुढाक्षेत्री, चन्द्राकुमारी धामी, मिना मल्ल, सावित्रा टमटोले मनोनयन उम्मेदवारी दिएका छन् ।

माओवादीबाट शान्ति ताराम र तुलबहादुर नेपालीले सदस्यमा उम्मेदवारी दिएका छन् ।

२४,जेष्ठ.२०७९,मंगलवार १२:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्