लोक सेवाले लिएको खाद्य कम्पनीको लिखित परीक्षा ४ वर्ष पछि रद्द

काठमाडौं।खाद्य व्यवस्था तथा व्यापार कम्पनी (साविकको नेपाल खाद्य संस्थान) चार वर्ष अघि लिएको अधिकृत तहको लिखित परीक्षा रद्द गरेको छ ।

कम्पनीले १२, २६ र २७, २०७५ लिखित परीक्षा लिएको थियो ।

कम्पनीले बिहीबार सार्वजनिक सूचना जारी गरेर विज्ञापन नम्बर २१-०७५-७६ अधिकृत, प्रशासन, तह-६ खुलातर्फको लिखित परीक्षा रद्द गरेको जानकारी दिएको हो ।

कम्पनीका अनुसार सर्वोच्च अदालतको फैसला र लोकसेवा आयोगको पत्र अनुसार परीक्षा रद्द गरिएको हो ।

२६,जेष्ठ.२०७९,बिहीबार ०८:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्