
काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद रामवीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी आफूलाई दिन आग्रह गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभामा बोल्दै उनले आफ्नै अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति गठनको प्रस्ताव गरेका हुन् ।
‘काठमाडौं महानगरपालिकाको मेयरको आकांक्षी म पनि थिएँ, तर टिकट पाइनँ । अहिले नयाँ नेतृत्व आएको एक महिना भइसक्यो तर काठमाडौंमा फोहोरमैलाको समस्या झनै बढेको छ’, उनले थपे, ‘त्यसैले मेरो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति गठन गरियोस्, म समाधान गर्छु ।’
शहरी विकास राज्य मन्त्री रहँदा मानन्धरले बञ्चरे डाँडाको ल्याण्डफिल्ड साइट निर्माणमा चासो दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्