दोहोरिएका जनप्रतिनिधि भन्छन् – हिजो हिँड्यौं, अब दौडन्छौं

धनगढी । डोटीको जोरायल गाउँपालिकामा दुर्गादत्त ओझा स्थानीय तह निर्वाचनबाट दोस्रो पटक निर्वाचित भए । ओझा जोरायलको अध्यक्षमा दोहोरिएनन् मात्र डोटीमा नेकपा एमालेलाई ‘क्लीन स्वीप’ हुनबाट समेत जोगाए ।

गाउँपालिकाको अध्यक्षमा दोहोरिएसँगै उनी अगामी नीति, कार्यक्रम तथा बजेट बनाउनमा सक्रिय छन् । पहिलो कार्यकालको अनुभवको उपयोग गर्दै जोरायलको विकास र समृद्धिको लक्ष्यअनुसार काम गर्ने अठोट उनी व्यक्त गर्छन् ।

‘जोरायलबासीले मलाई दोस्रो कार्यकालका लागि अनुमोदन गरेपछि पहिलो कार्यकालमा बटुलेको अनुभवको सदुपयोग गर्दै अधुरा कामलाई निरन्तरता दिने र नयाँ काम थालनी गर्ने योजना बनाएको छु,’ ओझाले भने, ‘पर्यटन प्रवद्र्धनसँगै पूर्वाधार निर्माण र गरिबी न्यूनीकरणका कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गर्छौं ।’

उनले रोजगारीका लागि भारत र खाडी मुलुक धाउनुपर्ने बाध्यता अन्त्य गर्न गाउँमै रोजगारी सिर्जना गर्ने लक्ष्य लिएका छन् । खासगरी कृषि पर्यटन, पशुपालन तथा जडिुबुटीके उपयोग गरेर रोजगारी सिर्जना गर्न सकिने उनी बताउँछन् ।

२८,जेष्ठ.२०७९,शनिबार १३:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्