काठमाडौं । चर्चित र्यापर सुदीप भण्डारी ‘जि-बब’ ले आफूलाई परिवारबाट स्वतन्त्रता चाहिएको बताएका छन् । बुबाआमाविरुद्ध आफूले मुद्दा हालेको नभइ स्वतन्त्रताका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको उनको भनाइ छ ।
जि-बब र बाबुआमाले एक-अर्काविरुद्ध उजुरी दिएको सार्वजनिक भएपछि जि-बबले आज पत्रकार सम्मेलन आयोजना गरी आफ्नो प्रष्टीकरण दिएका हुन् । उनले आफूले बुबाआमाविरुद्ध मुद्दा दिएको नभइ निवेदन दिएको बारम्बार दोहोर्याए ।
प्रतिक्रिया दिनुहोस्