स्थानीय निर्वाचनको गणित र संसदीय चुनावमा गठबन्धनको सम्भावना

काठमाडौँ । काठमाडौँ स्थानीय तह निर्वाचन– २०७९ को परिणाम तुलनात्मक विश्लेषण गर्नु र यसले आगामी संघीय र प्रादेशिक निर्वाचनमा दलहरूले चुनावी प्रतिस्पर्धा गर्ने विभिन्न परिदृश्यबारे अनुमान गर्न सहयोग पुर्‍याउनु रहेको छ। तर त्यसका लागि स्थानीय तह निर्वाचन–२०७४ को परिणामलाई दोस्रो स्थानीय निर्वाचनसँग तुलना गर्ने आधार प्रस्तुत गर्नुपर्ने हुन्छ ।

दुई स्थानीय निर्वाचनको अवधिबीच केही दलहरूको एकीकरण, विभाजन र केहीको सामान्य रूपान्तरण भइसकेकाले यस्तो सुरुवाती विन्दु स्पष्ट छैन । त्यसैले यो लेखको उद्देश्यका लागि उपयोग गरिएका आधार सुरुमै प्रष्ट गर्नु आवश्यक छ । पहिलो स्थानीय तहको निर्वाचनपछि नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरम (लोजफो) बीच एकीकरण भई अहिले नेपाली कांग्रेस नाममा क्रियाशील छन् ।

लोजफोले मधेशबाहेक अरु प्रदेशमा मधेशी जनाधिकार फोरम, नेपालको नाममा चुनावमा भाग लिएको थियो । अन्य प्रमुख राजनीतिक दलमध्ये दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र संघीय र प्रादेशिक निर्वाचनमा वाम गठबन्धनमा आवद्ध भए । लगत्तै पार्टी एकीकरण गरे पनि अहिले एमाले र माओवादी केन्द्र विभाजित भइसकेका छन् ।

त्यस्तै मधेश केन्द्रित दलमध्ये संघीय समाजवादी फोरम (संसफो) पहिले नयाँ शक्ति पार्टी र पछि राष्ट्रिय जनता पार्टी (राजपा) सँग एकीकृत भएर जनता समाजवादी पार्टी (जसपा) बन्यो । जसपा पनि विभाजित भएर अहिले एउटा शक्ति लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को रूपमा सक्रिय छ । यी सबै कारणले अहिले क्रियाशील राजनीतिक दलले विगतको निर्वाचनमा पाएको समर्थन र सफलता ठ्याक्कै यकिन गर्न गाह्रो छ । तथापि, तत्कालीन लोकतान्त्रिक फोरमको मत कांग्रेसलाई, संघीय समाजवादी फोरम र नयाँ शक्तिको मत जसपालाई, राजपाको मत लोसपालाई आउने आंकलन स्वाभाविक हुनसक्छ । यही आधारमा यस लेखमा निर्वाचन परिणाम तुलना, विश्लेषण र प्रक्षेपण गरिएको छ ।

सुरुमा, पुरानै संरचनामा पहिलो स्थानीय निर्वाचनमा दलहरूले पालिका प्रमुख/अध्यक्ष पदको निर्वाचनमा प्राप्त गरेको परिणाम प्रस्तुत गरेको छु ।

३०,जेष्ठ.२०७९,सोमबार ०९:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्