काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण...

पुरा पढ्नुहाेस्

बालुवाटारमा प्रधानमन्त्री देउवा र लोसपा नेताबीच भेटवार्ता

4.76K
shares
khanepani bord

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी (लोसपा)का नेताहरूबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न लोसपाका अध्यक्ष महन्त ठाकुर, राजेन्द्र महतोलगायत नेताहरू बालुवाटार पुगेका हुन् ।

भेटवार्ताका क्रममा लोसपाका नेताहरूले आर्थिक वर्ष २०७९/०८० को बजेट समावेशी नभएको गुनासो गरेका छन् ।

यही जेठ २४ गते मात्रै लोसपाका नेताहरूले विभिन्न ११ बुँदे मागहरू राखेर प्रधानमन्त्री देउवालाई ज्ञापन पत्रसमेत बुझाएका थिए । भेटवार्तामा तिनै मागहरूको बारेमा कुराकानी भएको नेताहरूले बताएका छन् ।

IME
khanepani