सार्वजनिक स्थानमा साइकल चलाएर सर्वसाधारणलाई दुख दिएको भन्दै भ्गलरलाई सम्झाइबुझाइ

काठमाडौं । फुटपाथ लगायत सार्वजनिक स्थानहरूमा साइकल चलाएर सर्वसाधरणलाई दुख दिने ट्राफिक प्रहरीले दुई जनालाई सम्झाइबुझाइ गरेको छ ।

भ्लग बनाउने नाममा जथाभावी फुटपाथल लगायत सार्वजनिक स्थानमा साइकल चलाउने राजेश मगर र अर्का युवकलाई ट्राफिक महाशाखामा सम्झाइबुझाइ गरेको महानगरी ट्राफिक महाशाखाका प्रवक्ता संजिव शर्मा दासले बताए ।

उनले भने,‘सर्वसाधारणलाई दुःख दिएको भनि यस काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको फेसबुक र ट्विटर पेज लगायत अन्य विभिन्न माध्यमहरूबाट जन गुनासो प्राप्त हुन आएकोमा साइकल चालकलाई कार्यालयमा सम्झाएर पठाएको हो । साइकललाई के कारबाही गर्नु ।’

उनले नेपालमा यस्ता गतिविधि गर्नेलाई कारबाही गर्ने कानुन नभएकाले सम्झाइबुझाइ गरी छाडेको बताए । उनीहरुलाई बाटोमा भेटेर कार्यालयमा ल्याएको थियो । प्रवक्ता दासले उनीहरुको नाम भने खुलाएनन् ।

मगरले साइकल जथाभावी साइकल चलाएर भ्गल बनाएर युट्युबमा राख्ने गरेका थिए ।

१,असार.२०७९,बुधबार १०:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्