लुम्बिनीकी स्वास्थ्यराज्यमन्त्री विमला खत्री वली बेहोस अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना

रूपन्देही । लुम्बिनीकी स्वास्थ्यराज्यमन्त्री विमला खत्री वली बेहोस अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी छन् ।

हिजो राति दाङबाट बुटवलमा आएकी उनलाई अस्पतालमा भर्ना गरिएको र अवस्था स्थिर रहेको अस्पतालका मेसु डा. इन्द्र ढकालले जानकारी दिए ।

‘केही समयअघि बेहोस अवस्थामा आउनु भएको हो, प्रेसर र सुगरको मात्रा बढी छ, मेडिसिन विभागले हेरेको छ, सबै रिपोर्ट आउँन बाँकी छ, स्लाइन दिएर क्याबिनमा उपचार थालिएको छ’, डा. ढकालले भने ।

हिजो बिहान दाङस्थित एकराज बस्नेतको घरमा उनकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेकोमा राति अबेर मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा बुटवलमा ल्याइएको थियो ।

१,असार.२०७९,बुधबार १२:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्