
विराटनगर । प्रदेश १ सरकारले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा प्रति सांसद १ करोड रुपैयाँ दिने गरी ९० करोड रुपैयाँ बिनियोजन गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बजेट भाषणका क्रममा आर्थिक वर्ष २०७९/८० को बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ९० करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।
९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा हाल ९० जना सांसद छन् । प्रदेश सरकारले सरकारले पूर्वाधार विकास कार्यक्रमका लागि पनि ९० करोड रुपैयाँ नै विनियोजन गरेको छ ।
लोकमार्ग मातहतका सडकलाई पाँच अर्ब रुपैयाँ
प्रदेश सरकारले प्रदेश लोकमार्ग अन्तरगत समावेश भएका सडकहरुको काम आगामी वर्ष सक्नेगरी पाँच अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा घरेलु मदिरा ब्राण्डिङ गर्ने योजना पनि समावेश गरेको छ । मन्त्री आङ्बोले घरेलु मदिरा ब्राण्डिङका लागि बजेट विनियोजन गरेको जानकारी दिए । ब्राण्डिङका लागि छुट्याएको बजेटको अंक भने उल्लेख छैन ।
आगामी आर्थिक वर्ष प्रदेश सरकारले दूध उत्पादक कृषकलाई प्रोत्साहन स्वरुप प्रति लिटर २ रुपैयाँ सोझै अनुदान उपलब्ध गराउनका लागि पनि बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्