बागमती प्रदेश सरकारले ल्यायो ७० अर्ब ९३ करोडको बजेट

काठमाडौं । बागमती प्रदेश सरकारले अहिलेसम्म सार्वजनिक भएको प्रदेश सरकारको बजेट मात्रै सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक २०७९/८० को लागि ७० अर्ब ९३ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले नयाँ बजेट प्रस्तुत गरेका हुन् ।

चालू खर्चतर्फ १९ अर्ब २ करोड ४१ लाख बजेट, पूँजीगत ४१ अर्ब ५६ करोड २४ लाख बजेट छुट्टाइएको छ ।

भने वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ बजेट र वित्तीय व्यवस्थातर्फ २ अर्ब बजेट व्यवस्थापन गरिएको हो ।

चालू आवमा सो प्रदेश सरकारले ५७ अर्ब ७२ करोडको बजेट ल्याएको थियो ।

चालू आवको भन्दा १३ अर्ब धेरैको नयाँ बजेट ल्याएको हो ।

हेटौंडाको पूर्वाधार विकासमा १ अर्ब ५ करोड

यसैबीच वागमती प्रदेश सरकारले प्रदेश राजधानी हेटौंलाई सुविधा सम्पन्न गराउन १ अर्ब ५ करोड बजेट विनियोजन गरेको छ ।

बजेटमा प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजनामार्फत हेटौंडालाई सुविधा सम्पन्न बनाउन सरकारी कार्यालय भवन, शिक्षा, स्वास्थ्य, सडक लगायतका विकासका पूर्वाधारहरु र हेटौंडा चक्रपथ निर्माण गर्न १ अर्ब ५ करोड ८० लाख बजेट विनियोजन गरिएको अर्थमन्त्रीले योजना अघि सारे ।

१,असार.२०७९,बुधबार १८:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्