टेकु अस्पतालमा ‘मन्कीपक्स’का शंकास्पद बिरामी

काठमाडौं । कोरोना महामारीपछि विश्व समुदायले नै चासोको रुपमा हेरिरहेको मंकीपक्सका शंकास्पद बिरामी नेपालमा पनि भेटिएका छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको हो ।

उनी हालैमात्र दुबईबाट नेपाल आएको बताइएको छ । ‘केही लक्षण मन्कीपक्ससँग मिल्दोजुल्दो देखिएको छ । तर, मन्कीपक्स नै हो भन्न सकिने अवस्था भने छैन ।

२,असार.२०७९,बिहीबार १६:४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्