बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते स्थानीय तहको निर्वाचन हुने

कैलाली । बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते स्थानीय तहको निर्वाचन हुने भएको छ। बिहीबार विभिन्न ६ राजनीतिक दलका प्रतिनिधिहरूले आगामी असार २३ गते निर्वाचन गर्न सहमत भएका हुन् ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले पुन: निर्वाचन गर्न निर्देशन दिएको थियो । तर, मिति भने घोषणा गरेको थिए ।

बिहीबार जिल्लामा उपलब्ध राजनैतिक दलका प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखसहितको सहभागितामा मिति तय गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताए।

३,असार.२०७९,शुक्रबार ०८:४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्