सुनको मूल्य शुक्रबार तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौं । सुनको मूल्य शुक्रबार तोलामा ५०० रुपैयाँले बढेको छ । बिहीबारको तुलनामा शुक्रबार प्रतितोला ५०० रुपयाँले बढेर ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो । तेजाबी सुनको मुल्य भने प्रतितोला ९७ ह्जार ३०० रुपैयाँ कायम गरिएको छ ।

चाँदी प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

३,असार.२०७९,शुक्रबार १२:०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्