थप १४ जनामा कोरोना संक्रमण

नेपाली जनता

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ५९० पीसीआर परीक्षणमा ११ जना र ९४४ एन्टिजेन परीक्षणमा ३ जना गरी १४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ११ जना डिस्चार्ज भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १०४ रहेको छ । पछिल्लो २४ घण्टामा ६५ हजार २७८ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

यो पनि पढ्नुहोस  थप ३,२६० जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्‍यु
४,असार.२०७९,शनिबार १७:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: