एमाले सरकार ढालेर कांग्रेस नेतृत्वको सरकारमा जानेहरु कसरी कम्युनिष्ट ?: उपाध्यक्ष पौडेल

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले माओवादी अध्यक्ष प्रचण्डलगायतका केही नेताले कांग्रेससँग गठबन्धनमा बार्गेनिङ गर्न एमालेले प्रधानमन्त्री प्रस्ताव गरेको भ्रामक विषय बाहिर ल्याएको बताएका छन् ।

एमाले अहिले कुनै पनि नामको गठबन्धनको बाटोमा नरहेको प्रस्ट पार्दै उनले एमालेसँग गठबन्धन बनाउने र भत्काउने कुनै फुर्सद नभएको दावी गरे ।

शनिबार बुटवलमा रिटर्नी फेडेरेसन नेपाल लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै पौडेलले भने, ‘केही दलका नेताले आफूलाई एमालेले प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्दै प्रचार गरेका छन् । यो नेपाली कांग्रेससँग बार्गेनिङबाहेक अरु केही फण्डा होइन, एमालेले अहिले कुनै पनि दलका नेतालाई प्रधानमन्त्री स्वीकार नगर्ने स्पष्ट पार्न चाहन्छु ।’

४,असार.२०७९,शनिबार १८:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्