केयूकेएलमा सिइओ शाक्य हटाउने र नहटाउनेवीचको सितयुद्ध जारी, शाक्य संयोजक भएको वार्ता आन्दोनरत कर्मचारीहरुले गर्ने बर्हिस्कार

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कर्मचारीहरुले सिइओ मिलनकुमार शाक्यको राजिनामा माग्दै गरेको आन्दोनलको दोस्रो चरण आजबाट शुरु भएको छ । केयूकेएलका कर्मचारी युनियनका नेताहरुसँग वार्ता गर्न सिइओ शाक्यको अध्यक्षतामा बनेको समितिसँग आन्दोलनरत युनियनहरु वार्तामा नबस्ने भएका छन ।

सिइओ शाक्यले आफ्नो अध्यक्षतामा विजय तिमिल्सीना, ज्ञानेन्द्र कार्की, योगेन्द्र बहादुर बम, रमेश केसी, दिपेन्द्रबहादुर वली र सदस्य सविचमा वीरबहादुर चन्द राखेर वार्ता टोली बनाएका छन । सिइओ र आन्दोलनरत कर्मचारीहरुको यूनियनवीच आज तीन बजे हुने वार्तामा आन्दोलनरत पक्षका नेताहरु शाक्यसँग कुनै हालतमा वार्ता नबस्ने भएका छन ।

यसै सम्बन्धमा आन्दोनलरत कर्मचारी युनियनका नेता गोपालसिंह धामीसँग जिज्ञासा राख्दा उनले भने, “सिइओ शाक्य हटाउने आन्दोलन भएका कारण उनी नहटेसम्म वार्ता हुनै सक्दैन । अब हामि केयूकेएल वोर्डसँग मात्र बार्तामा बस्न सकिन्छ ।”

केयूकेएलमा कार्यरत चार कर्मचारी युनियन शाक्य सिईओ हटाउने मिसन सहित आन्दोनमा रहेका नेपाली कांग्रेस समर्थक शारदा बोहोराले नेतृत्व गरेको युनियन, शन्तबहादुर बोहोराले नेतृत्व गरेको संघ, स्वतन्त्र कर्मचारी युनियन गोपालसिंह धामीले नेतृत्व गरेको युनियन र राप्रपा निकट युनियन सहित सवारी चलाकहरुको युनियन समेत रहेको छ ।

अध्यक्ष शारदा बोहोरासँग सिइओ शाक्य संयोजक भएको वार्तामा बस्ने हो भनि सोधिएको प्रश्नमा उनले भनिन, “शाक्यको राजिनामा भएपछि उनीसँग बसेर कुरा गर्न सकिन्छ, उनी पदमा वहाल रहदासम्म वार्तामा बस्न सकिदैन । केयूकेएललाई धारासाहि बनाउने असक्षम सिइओ शाक्यको वर्हिगमन नै अहिलेको आवश्यकता हो ।”

त्यसैगरि एमाले र माओवादी समर्थक नवलसिंह साउदले नेतृत्व गरेको कर्मचारी संगठनले केयूकेएलको आन्दोलनरत पक्षसँग वार्ता गरेर समस्याको समाधान गर्न केयूकेएल वार्डसमक्ष आज ज्ञापन पत्र बुझाउने तयारी गरेको छ । यस युनियनले घुमाउरोपारामा सिइओ शाक्यको केयूकेएलमा विकल्प नरहेको जानकारी पनि वोर्डलाई दिने तयारी गरेको छ ।

५,असार.२०७९,आईतवार १०:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्