५ ग्राम खैरो हिरोइनसहित मकवानपुरबाट पक्राउ

मकवानपुर । प्रहरीले ५ ग्राम लागू औषध खैरो हिरोइनसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौडा उप-महानगरपालिका-१ चाइनाक्वाटर बस्‍ने ३४ वर्षीय निराजन घिमिरे रहेका छन् ।

प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

५,असार.२०७९,आईतवार १४:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्