उपाध्यक्षका देवरको मृत्युमा गाउँपालिकाभरी सार्वजनिक विदा

रुपन्देही । रुपन्देहीको मर्चवारी गाउँपालिकाको उपाध्‍यक्षको देवर नाता पर्ने व्‍यक्तिको मृत्‍युमा गाउँपालिकाभरी सार्वजनिक विदा दिइएको छ ।

गाउँपालिकाले आइतबार एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाको उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने व्‍यक्तिको आइतबारै सवारी दुर्घटनामा मृत्‍यु भएपछि सार्वजनिक विदाको दिइएको जनाएको छ ।

गाउँपालिकाका अध्‍यक्ष गया प्रसाद बरईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‍…मिति २०७९/३/०५ गतेका दिन यस का कार्यालय लगायत सम्पूर्ण वडा कार्यालयहरु, सामुदायिक तथा निजी विद्यालयहरु तथा अन्‍य संघ संस्थाहरु समेत बन्द रहने व्‍यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’

हेर्नुस् सूचना

५,असार.२०७९,आईतवार १४:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्