नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

नेपाली जनता

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार २ सय ५४ पिसिआर परीक्षणका क्रममा १८ जना र ७ सय ७३ एन्टीजेन परीक्षणका क्रममा ५ जनामा कोभिडको संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण आइतबार कसैको ज्यान गएको छैन ।

त्यस्तै नेपालमा १२ संक्रमित कोभिड मुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय जना निको भएका छन् । आज थपिएकासँगै नेपालमा १ सय १० सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस  साउनको अन्तिम सोमबार पशुपति परिसरमा भक्तजनको भीड
५,असार.२०७९,आईतवार १८:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: