राप्रपाले निगमसँग माग्यो मूल्यवृद्धिको कारण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पेट्रोलिय पदार्थमा भएको मूल्यवृद्धिको कारण मागेको छ ।

नेपाल आयल निगमलाई पत्र बुझाउँदै राप्रपाले मूल्यवृद्धिसँग सम्बन्धित सात वटा प्रश्नको जवाफ मागेको छ ।

राप्रपाले नेपालका अतिविशिष्ट व्यक्तिहरुलाई वार्षिक रुपमा उपलब्ध गराउने इन्धनको परिमाण, आयाल निगमका कर्मचारीले पाउने बोनस के कति हो त्यसको जानकारी दिन भनेको छ ।

यस्तै पेट्रोल, डिजेल र मट्टितेलको कच्चा पदार्थको मुल्य, त्यसको प्रशोधनमा लाग्ने खर्च, सरकारलाई तिनु पर्ने कर, ढुवानीमा लाग्ने भाडासहितको विवरण माग गरिएको राप्रपाले जनाएको छ ।

आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोलको भाउ लिटरको १९९ र डिजेलको १९२ रुपैयाँ पुर्‍याएको छ ।

६,असार.२०७९,सोमबार १२:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्