जनकपुरको बाँसबारी रेष्टुरेन्ट एण्ड क्याफेमा आगलागी

जनकपुरधाम । जनकपुरधामको बाँसबारी रेष्टुरेन्ट एण्ड क्याफेमा आगो लागेको छ ।

होटल मसाला कटेजसँगै टासिएर रहेको बाँसबारी रेष्टुरेन्ट एण्ड क्याफेमा आगो लागेको हो । आधा घण्टा बढी समयसम्म आगो नियन्त्रणमा आउन सकेका छैन ।

बारूणयन्त्र ढिलो पुगेकाले आगो नियन्त्रणमा आउन नसकेको स्थानीय बताउँछन् । धनुषा प्रहरीका प्रवक्ता डिएसपी प्रदिप क्षेत्रीले बारुणयन्त्र, प्रहरी र स्थानीय आगलगी नियन्त्रणमा लिने प्रयास जारी राखेको जानकारी दिए ।

आगलगीको कारण खुल्न सकेका छैन् ।

७,असार.२०७९,मंगलवार १०:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्