शंखरापुर नगरपालिका १ देउराली भञ्ज्याङमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु

नेपाली जनता

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-१ देउराली भञ्ज्याङमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

प्रदेश ३ ०१-००६ ख ३४७४ नम्बरको टिपरले मंगलबार राति ९ बजे ठक्कर दिंदा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ फटकसिला घर भएकी अन्दाजी ३९ वर्षीया लिलामाई दनुवारको मृत्यु भएको ।

पैदल हिंडिरहेको बेला टिपरले ठक्कर दिंदा दनुवारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
टिपर चालकलाई इलाका प्रहरी कार्यालय मेलम्चीले नियन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुहोस  कोरोनाबाट १० जनाको मृत्यु, ४८४ संक्रमित थपिए
८,असार.२०७९,बुधबार ०९:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: