रवि लामिछानेलाई लक्षित गर्दै, एमाले महासचिवको आलोचनात्मक टिप्पणी

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने राजनीति प्रवेशलाई लिएर एमाले महासचिव शंकर पोखरेलले आलोचनात्मक टिप्पणी गरेका छन् । रविको नाम उल्लेख नगरिकन उनले सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन् ।

निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुँदैमा राजनीतिका लागि स्वतः योग्य नहुने पोखरेलको तर्क छ ।उनले लेखेका छन्, ‘निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चितहुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन । राजनीतिमा योग्यहुन त्यसमै समर्पित हुनु पर्दछ ।’

पोखरेलको स्टाटसमा मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् । धेरैले चाहिँ उनको धारणाप्रति आलोचना गरेका छन् ।

८,असार.२०७९,बुधबार १०:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्