नेपाली बजारमा बुधबार सुन प्रतितोला चार सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुन प्रतितोला चार सय रुपैयाँले घटेको छ ।

सोमबार र मंगलबार प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ९७ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको भाउ ९६ हजार आठ सय रुपैयाँ कायम भएको छ । आज चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।

८,असार.२०७९,बुधबार ११:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्