कञ्चनपुरमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

नेपाली जनता

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–७ मा आज बिहान बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

बसको ठक्करबाट कंचनपुरको शुक्लाफाँटा नगरपालिका–६ झलारीकी ३० बर्षीया विमला देवी जोशीको मृत्यु भएको हो ।

जोशी सवार साइकललाई ना ४ ख ८०७७ नम्बरको बसले आज बिहान ९ बजे ठक्कर दिएको वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी जोशीलाई उपचारको लागी महाकाली प्रादेशिक अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको थियो ।

बस चालकलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुहोस  काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा सबै खालका पसलहरु बेलुका ७ बजेसम्म खुल्न पाउने
८,असार.२०७९,बुधबार १२:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: