संसदीय निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए गठबन्धनको बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा स्थानीय निर्वाचनको समीक्षा, संसदीय निर्वाचन, मन्त्रिपरिषद् पुनर्गठनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताहरूलाई बोलाइएको छ ।

८,असार.२०७९,बुधबार १३:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्