माइतीघरमा सरकारविरुद्ध किसानहरूको प्रदर्शन

नेपाली जनता

काठमाडौं । मल नपाएको भन्दै किसानहरुले माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

सरकार बाहिर रहेका एमालेसहित पाँच कम्युनिस्ट घटक समर्थित किसान संगठनहरुले बुधबार माइतीघरमा सरकार विरुद्ध प्रदर्शन गरेका हुन् ।

हाल भइरहेको रासायनिक मलको अभाव, पेट्रोलियमको मूल्यवृद्धि, बढ्दो महँगीलगायत रासायनिक मलमा भइरहेको कालोबजारीको नियन्त्रण गर्न माग राख्दै उनीहरुले संयुक्त किसान आन्दोलन गरेका हुन् ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले हातमा धानको बिउ बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

यो पनि पढ्नुहोस  अपहरणको नाटक गर्ने एकजना महिला प्रहरी नियन्त्रणमा
८,असार.२०७९,बुधबार १५:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: