तालिम भत्ताको विषयलाई लिएर वीरगञ्जमा स्वास्थ्यकर्मीको विरोध

वीरगञ्ज । देशभर २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म कोभिड–१० विरुद्ध खोप अभियान सञ्चालन हुँदैछ । ५ वर्षदेखि माथि १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई लक्षित गरेर अभियान सञ्चालन गर्न लागिएको छ ।

त्यसका लागि सरकारले स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गर्नुको साथै सुक्ष्म योजना तर्जुमा गोष्ठी गरिरहेको छ । जसको समन्वय सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयले गरिरहेको छ ।

तर पर्साको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्यकर्मीले भने अभिमुखीकरण तथा तालिमका लागि वीरगञ्जभन्दा बाहिर नलगिएकामा असन्तुष्टि जनाएका छन् ।

वीरगञ्जभन्दा बाहिर तालिम सञ्चालन गर्न स्वास्थ्य कार्यालयलाई दबाब दिँदै आएका कर्मचारीले बुधबार बिहान तालिम सुरु हुनुअघि नै होहल्ला गरे ।

८,असार.२०७९,बुधबार १६:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्